• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन


  •    संवाददाता/ सोमबार, असोज २६, २०८३  

  • झापाको ऐतिहासिक एवं धार्मिकस्थल गरामनीको दुर्गा शक्ति पीठमा घटनास्थापनाका दिनदेखि श्री पद्म महापुराण ज्ञान महायज्ञ सुरु भएको छ ।

    दुर्गा शक्ति पीठ मन्दिर संरक्षण समिति सचिव तथा पुराण मूल आयोजक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको महायज्ञको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले समुद्घाटन गरेका हुन् ।

    Advertisement

    कार्यक्रममा बोल्दै जगद्गुरु देवाचार्यले १८ पुराणको महत्वबारे प्रकाश पारेका थिए । महायज्ञ असोज २५ गते घटस्थापनादेखि ३१ गते सप्तमीसम्म सञ्चालन हुने छ ।

    Advertisement

    दुर्गा शक्ति पीठ मन्दिर संरक्षण समितिका उपाध्यक्ष जयकुमार प्रसाईंले स्वागत गरेको कार्यक्रममा बिर्तामोड-७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरल, सामाजिक कार्यकर्ता पूर्व कर्नेल डीबी थापा र आचार्य पण्डित मुकुन्द नेपालले मन्तव्य राखेका थिए ।

    अनादिकालदेखि धार्मिक आस्थाको केन्द्रका रूपमा रहँदै आएको गरामनी शक्तिपीठमा बडादशैँको अवसरमा विगत १५ वर्षदेखि पुराण आयोजना हुँदै आएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण पुराण आयोजना गर्न नसकिएपछि मन्दिरमा चण्डी पाठ गरिएको थियो ।

    यस वर्ष भने नियमित धार्मिक परम्परालाई निरन्तरता दिँदै पद्म महापुराण ज्ञान महायज्ञ आयोजना गरिएको हो। महायज्ञ शुरुवात गर्नुअघि घटस्थापनाका अवसरमा कलश यात्रा निकालिएको थियो ।

    असोज २६ देखि ३१ गतेसम्म प्रत्येक दिन बिहान ७ बजे मण्डप पूजन तथा पाठ प्रारम्भ हुनेछ । बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म कथा वाचन गरिनेछ भने साँझ ६ बजेदेखि राति ९ बजेसम्म सन्ध्याकालीन महाआरती (गंगा आरती) तथा भजनसन्ध्या सञ्चालन गरिने आयोजकले जनाएको छ ।

    असोज ३० गते लक्ष्यदीप प्रज्वलन गरिनेछ । असोज ३१ गते यज्ञ समापनसँगै तिलक तथा प्रसाद वितरण गरिनेछ ।महायज्ञमा आचार्य पण्डित मुकुन्द नेपाल प्रमुख वाचक र आचार्य पण्डित मोहन घिमिरे उपवाचकका रूपमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.