• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा


  •    संवाददाता/ आइतबार, असोज २५, २०८३  

  • झापाको बिर्तामोड नगरपालिका-७ गरामनीमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ३११ जनाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् ।

    शिविरमा बिरामीलाई साढे तीन लाख रुपैयाँ बराबरको औषधिसमेत नि:शुल्क वितरण गरिएको थियो ।

    Advertisement

    नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा नेकपा एमालेका वडा नम्बर ७, ८ र ९ को व्यवस्थापनमा दुर्गा माध्यमिक विद्यालयको परिसरमा शिविर आयोजना गरेको हो । शिविरमा स्त्री तथा प्रसूति रोग, मुटु रोग, हाडजोर्नी, फिजिसियन र दन्तरोग विशेषज्ञले सेवा प्रदान गरेका छन् ।

    Advertisement

    बिर्तामोडस्थित कनकाई, मनमोहन र बिर्तामोड नगर अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

    आयोजक महासंघका अध्यक्ष युवराज निरौलाले शिविरमा स्वास्थ्य जाँच गराउन आएका बिरामीलाई साढे तीन लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको जानकारी दिए ।

    उक्त शिविरको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य देवेन्द्र दाहालले गरेका थिए । उद्घाटन कार्यक्रममा उनले देश नै विभिन्न समस्याबाट गुज्रिरहेको अवस्थामा नागरिकलाई सचेत बनाउँदै स्वास्थ्य सेवा उपलब्ध गराउनु महत्त्वपूर्ण भएको बताए ।

    बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले पनि नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरिन् । समयमै स्वास्थ्य जाँच गराउँदा सम्भावित रोग पहिचान गर्न र जटिलता कम गर्न सहयोग पुग्ने उनले बताइन् ।

    कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले स्थानीयस्तरमा आयोजना हुने यस्ता स्वास्थ्य शिविरले अस्पतालसम्म सहज पहुँच नभएका नागरिकलाई विशेषज्ञ सेवा लिन सहयोग पुग्ने बताए ।

    शिविरमा विशेषज्ञ सेवा उपलब्ध गराउने कनकाई, मनमोहन र बिर्तामोड नगर अस्पताल तथा सहभागी चिकित्सकलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.