शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
बिहिबार बसेको त्रिवि सभाको ६७औँ वार्षिक दिवस बैठकमा त्रिवि सहकुलपति समेत रहेका मन्त्री पोखरेलले त्रिविका सबै संकायको नतिजा एक महिनाभित्र प्रकाशन गर्न निर्देशन दिएका हुन् ।
शिक्षामन्त्री पोखरेलले परीक्षा नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बारम्बार गुनासो आउने गरेको पनि बैठकमा सुनाएका थिए ।
Advertisement
उनले भने,‘त्रिविमा समयमा परीक्षा नहुने र समयमा नतिजा नआउने गुनासो आइरहेको छ, हरेक संकायको नतिजा एक महिना भित्र ल्याउनुपर्ने सम्माननीय प्रधानमन्त्री ज्यूको निर्देशन छ, यसलाई कडाइका साथ पालना गर्नुपर्छ ।’







