• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड उद्योग वाणिज्य संघको वार्षिकोत्सवमा पूर्व अध्यक्षहरु सम्मानित


  •    संवाददाता/ शुक्रबार, मङि्सर २०, २०८२  

  • बिर्तामोड उद्योग वाणिज्य संघको ४४ औं वार्षिकोत्सव तथा स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ ।

    संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल रहेका थिए ।

    Advertisement

    संघका अध्यक्ष न्यौपानेले पहिलो पटक औपचारिक रूपमा वार्षिकोत्सव मनाइएको उल्लेख गर्दै २०३८ सालमा स्व.मन्तुराम जलानको अध्यक्षतामा स्थापना भएको संघलाई आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व अध्यक्षप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

    Advertisement

    कार्यक्रमले संस्थापक अध्यक्ष स्व.मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराई र बलराम कार्कीलाई सम्मान गरेको थियो ।

    उक्त अवसरमा ‘द भ्वाइस किड्स सिजन ४’ का फर्स्ट रनरअप तथा बेस्ट परफर्मर स्मयन बजगाई र ‘सारेगमप लिटल च्याम्स सिजन २’ का सेकेन्ड रनरअप संस्कार सापकोटालाई पनि सम्मान गरिएको थियो ।

    प्रमुख अतिथि ढकालले संघले पहिलो पटक भव्य रूपमा स्थापना दिवस मनाएकोमा अध्यक्ष न्यौपानेलाई धन्यवाद व्यक्त गर्दै जेनजी आन्दोलनका कारण व्यवसायीको मनोदशा कमजोर बनेको उल्लेख गरेका थिए ।

    कार्यक्रममा पूर्व अध्यक्ष चतुर्भूज सरीया, उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    विशिष्ट सदस्य निर्मल भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.