• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब


  •    संवाददाता/ सोमबार, असोज २६, २०८३  

  • महिलाको स्वास्थ्य प्रवद्र्धन तथा खेलकुद क्षेत्रमा सहभागिता बढाउने उद्देश्यसहित झापाको बिर्तामोडमा ‘क्लव सेभेन फिटनेस हब’ सञ्चालनमा आएको छ ।

    बिर्तामोड नगरपालिका-४ स्थित पुरानो गोमेन्द्र कलेज भवनको पहिलो तलामा स्थापना गरिएको फिटनेस हबको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

    Advertisement

    विभिन्न पेसा तथा व्यवसायमा आबद्ध सात जना सञ्चालकको सामूहिक पहलमा स्थापना गरिएको फिटनेस हबमा आधुनिक व्यायाम उपकरण तथा आवश्यक सुविधाको व्यवस्था गरिएको छ । महिलालाई विशेष प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको यस केन्द्रले शारीरिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद क्षेत्रमा महिलाको सहभागिता, क्षमता विकास र अवसर विस्तारमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

    Advertisement

    क्लवकी सदस्य गीता ढकाल खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अन्तर्राष्ट्रिय फिटनेस प्रतियोगितामा सहभागी खेलाडी रिपु घर्ती मगर प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिका-४ का वडाध्यक्ष राहुल शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । उनीहरूले संयुक्त रूपमा फिटनेस हबको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा बोल्दै अध्यक्ष खनालले पूर्वजहरूले आर्जन गरेको संरचना लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेकामा त्यसलाई सामाजिक तथा स्वास्थ्यसम्बन्धी गतिविधिमा उपयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

    वडाध्यक्ष शर्माले खनाल परिवारले शिक्षा तथा खेलकुद क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गरे । स्थानीयस्तरमा स्वास्थ्य र खेलकुदसम्बन्धी गतिविधि विस्तार गर्न निजी तथा सामूहिक पहलबाट स्थापना हुने यस्ता संस्थाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

    त्यस्तै बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले खेलकुदका विभिन्न विधा मानव स्वास्थ्यका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

    शिक्षासेवी तथा सञ्चालकमध्येका उत्तम खनालले स्वागत मन्तव्य राख्दै फिटनेस हब स्थापनाको उद्देश्य र औचित्यमाथि प्रकाश पारेको उद्घाटन कार्यक्रममा चैतन्य मैनाली, कुमार भट्टराई, दीपेन्द्र राउत, सरु भुर्तेल, सरिता बराल, पारस बिमली, उपेन्द्र ओली, इन्द्रप्रसाद ओली, दीपक दाहाल, रविन शर्मा, ईश्वर खनाल, तुलसा ढकाल र योगेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

    महिलालाई प्राथमिकतामा राखेर स्थापना गरिएको क्लव सेभेन फिटनेस हबले स्थानीयस्तरमा नियमित व्यायाम गर्ने संस्कृतिको विकास, स्वस्थ जीवनशैली प्रवद्र्धन तथा खेलकुद क्षेत्रमा महिलाको सहभागिता विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    ताजा अपडेट
    • बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.