• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्टुडेन्ट अफ द ईयरको प्रथम अडिसन ६ मंसिरमा


  •    संवाददाता/ मङ्गलबार, कार्तिक २६, २०८२  

  • १३ वर्षदेखि २१ वर्षसम्म उमेर समूहका विद्यार्थीभित्र रहेको प्रतिभा प्रष्फुटन गराउने साझामञ्चको रूपमा नेपालकै बहुप्रतिष्ठित रियालिटी शो झापाको बिर्तामोडबाट सुरू हुने भएको छ ।

    ‘स्टुडेन्ट अफ द ईयर’ नाम दिइएको बहुप्रतिभा प्रदर्शनको एक मात्र प्रतिष्ठित डबलीका रूपमा सुरू हुन लागेको शोको प्रथम अडिसन झापाको बिर्तामोडमा ६ मंसिरमा हुने भएको हो ।

    Advertisement

    नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडेन्ट ट्यालेन्ट हन्ट रहेको स्टुडेन्ट अफ द ईयरका क्रिएटिभ हेड ईमरान अलीले जानकारी दिए । उनले देशभरिका १३ वर्षदेखि २१ वर्षसम्मका विद्यार्थीहरूको सहभागिता रहने बताउँदै झापाको बिर्तामोडसहित देशभरका ११ वटा शहरमा अडिसन हुने जानकारी दिए ।

    Advertisement

    उनले स्टुडेन्ट अफ द ईयरमा भाग लिन विद्यार्थीहरुले रजिष्ट्रेसन शुल्क नौ सय उनानसय रूपैयाँ बुझाउनु पर्ने त्यसपछि फाइनलसम्म कुनै पनि शुल्क नलाग्ने समेत प्रष्ट पारेका छन् ।

    स्टुडेन्ट अफ द ईयरका बिजेताले नगद ५ लाख ५ लाख मूल्य बराबरको छात्रवृत्तिसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । स्टुडेन्ट अफ द ईयरकी कार्यक्रम सञ्चालिका इभा गिरीले विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले स्टुडेन्ट अफ द ईयरको आयोजना गरेको बताइन् ।

    कार्यक्रममा स्टुडेन्ट अफ द ईयरका निर्णायक युवा वैज्ञानिक आरिफ अलीले स्टुडेन्ट अफ द ईयरबाट विद्यार्थीले आफूभित्र रहेको प्रतिभालाई निखार्ने मौका पाउने बताए । स्टुडेन्ट अफ द ईयरका प्रोड्युसर दिव्य सापकोटाले विद्यार्थीले आफ्नो प्रतिभा देखाउने सजिलो प्लेटफर्म भएको बताउँदै सदुपयोग गर्ने अवसर गुमाउनु नहुने जानकारी दिए ।

    युवा वैज्ञानिक तथा इञ्जिनियर आरिफ अलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन आरोग्य तिम्सिनाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.