राष्ट्रिय झन्डा बोकेर जेन-जीहरुले बिर्तामोडमा शान्ति पदयात्रा निकालेका छन् ।
विभिन्न दल र समूहमा आबद्ध भएका जेनजी र युवालाई बृहत् एकता आव्हानको सन्देशसहित एकीकृत हुन आह्वान गर्दै जेनजी युनाइटेड मुभमेन्टको अगुवाइमा बिर्तामोडमा ¥याली निकालिएको हो ।
बिर्तामोडको सिटी सेन्टरबाट सुरु भएको ¥यालीले बिर्तामोड बजार परिक्रमा गरेको थियो । एकीकृत हुन आह्वान गर्दै जेनजी युनाइटेड मुभमेन्टको अगुवाइमा बिर्तामोडमा ¥याली निकालिएको हो ।
Advertisement
परिक्रमापश्चात् पुन: सिटी सेन्टरमा पुगेर कोणसभामा परिणत भएको थियो । राष्ट्रिय झन्डा र विभिन्न नारा लेखिएका प्लेकाड बोकेका सहभागीहरूको सङ्ख्या करिब २ सय रहेको थियो ।







