• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देशका धेरै कारागारबाट कैदीबन्दी भागे, डिल्लीबजारबाट भाग्न खोज्नेलाई सेनाले रोक्यो


  •    संवाददाता/ बुधबार, भदौ २५, २०८२  

  • देशका धेरै कारागारबाट कैदीबन्दी भागेका छन् ।

    नख्खु कारागारबाट कैदीबन्दी बाहिरिएपछि सुरू भएको कैदीबन्दी बाहिरिने क्रम आज अबेरसम्म पनि चलेको छ ।

    Advertisement

    नख्खुबाट झन्डै १ हजार ३ सय जना सबै कैदीबन्दी गएराति नै भागेका थिए । यस्तै सुन्धारामा रहेको कारागारबाट पनि झन्डै ३ हजार ३ सय जना कैदीबन्दी गएराति नै भागेका छन् ।

    Advertisement

    डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई भने सेनाले रोकेको छ । भाग्न खोजेकाहरूलाई सेनाले अन्यत्र लगेपछि भाग्न नचाहनेहरू त्यहीँ छन् ।

    डडेल्धुरा कारागारबाट भागेका ८५ कैदीबन्दीमध्ये ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको कारागारबाट भागेका ३ सय ३७ कैदीबन्दीमध्ये ४० जना पक्राउ परेका छन् ।

    वीरगञ्ज, धादिङ, काभ्रेलगायतका कारागारबाट भाग्न खोज्नेहरूलाई सेनाले रोक्न प्रयास गर्दा कतिपय ठाउँमा गोली चलेको छ । सोलुखुम्बु, कास्की, सुनसरी, रौतहट, मकवानपुर, म्याग्दीलगायतका जिल्लाबाट पनि कैदीबन्दी भागेका छन् ।

    सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् । हिजो बिहानको विवरण अनुसार देशभर झन्डै ३० हजार कैदीबन्दी थिए । जिल्लागत विवरण अनुसार अहिलेसम्म झन्डै एक तिहाइ कैदीबन्दी भागिसकेको अनुमान छ । तर अहिलेसम्म कति भागे र कति कारागारमै छन् भन्ने यकिन विवरण कारागार विभागमा पनि प्राप्त भएको छैन ।

    देशका विभिन्न कारागारबाट कैदीबन्दी निस्किएपछि सुरक्षा चुनौती बढेको छ । जेलबाट निस्कनेमा कुख्यात अपराधीहरूसमेत छन् । नख्खु, कैलाली कारागारबाट निस्केका केही कैदीहरूले अदालत र सरकारी वकिल कार्यालयहरूलाई लक्षित गरी आक्रमणको प्रयास गरेका छन् । निजी सम्पत्ति लुटपाट र आगजनीको जोखिमसमेत बढेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.