• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आफन्तलाई बन्धक बनाएको भन्दै झापामा रहेका श्रीमती र भिनाजुसँग करिव तीन लाख ठगी


  •    संवाददाता/ बिहिबार, साउन ३०, २०८२  

  • खाडीमा आफन्तलाई बन्धक बनाएको भन्दै झापामा रहेका श्रीमती र भिनाजुसँग करिव तीन लाख ठगी भएको घटना सार्वजनिक भएको छ ।

    घटना नं १- कतारमा रहेका श्रीमान आफ्नो कब्जामा रहेको र उसलाई प्रहरीले पक्राउ गरी कार्वाही गर्न सक्ने डर देखाउँदै झापामा रहेकी श्रीमतीलाई अज्ञात व्यक्तिबाट म्यासेज आयो । ५ लाख रुपैयाँ दिनु नत्र तपाईको श्रीमानको ज्यान खतरामा भनेपछि श्रीमती आतिइन् । श्रीमानलाई फोन गर्दा तत्काल नलागेपछि डराउँदै उनले ठगले दिएको खातामा २ लाख ३७ हजार रुपैयाँ जम्मा गरिन् । पछि बुझ्दा उनका श्रीमानलाई त्यस्तो केही पनि भएको रहेनछ ।

    Advertisement

    घटना नं २- खाडीमै रहेका सालोको ज्यान खतरामा रहेको भन्दै झापा निवासी उनका भिनाजुलाई त्यसरी नै अज्ञात व्यक्तिबाट म्यासेज आयो । उनीसँग ८० हजार भारु मागिएको थियो । सालोलाई जोगाउन भन्दै भिनाजुले ४८ हजार रुपैयाँ खातामा हालिदिए । पछि थाहा भयो कि उनी पनि ठगीमा परेछन् ।

    Advertisement

    यी केही उदाहरण मात्र हुन् । झापामा यस किसिमको ठगी बढ्दै भएपछि प्रहरीले सार्वजनिक सूचना जारी गरी आमसर्वसाधारणलाई सचेत गराएको छ । रोजगार तथा अन्य कामको सिलसिलामा विदेशमा रहेकाहरुको परिवार, आफन्त र साथीभाइहरुलाई ह्वाट्सएपलगायतका बिभिन्न सामाजिक सञ्जाल, फोन तथा म्यासेजमार्फत सम्पर्क गरी विदेशमा रहेका तपाईको आफन्त आफ्नो कब्जामा रहेकोले पैसा नदिए ज्यान लिने धम्की दिने त्यस्तै दुर्घटनामा परेकाले तत्काल उपचार गर्न पैसा चाहिने वा प्रहरीले पक्राउ गरी जेल हाल्न लागेकोले छुटाउन पैसा चाहिने जस्ता त्रास देखाएर ठगी गर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।

    उनले त्यस किसिमको ठगीको एकपछि अर्को गर्दै उजुरी पर्दै गएको बताउँदै बिभिन्न ठगी गर्ने गिरोहहरु सक्रिय रहेकाले सजग रहन सबैलाई अनुरोध गरेका छन् ।

    यस्ता किसिमका फोन तथा म्यासेज प्राप्त भएमा प्रहरी कन्ट्रोल रुम १०० मा डायल गरी जानकारी दिन वा नजिकको प्रहरी कार्यालयमा सूचित गर्न उनले अनुरोध गरेका छन् । यसरी ठगी गरेका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । प्रतिदिन दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.