जंगली हात्तीले भद्रपुरमा घर भत्काएर क्षति गरेको छ ।
आज बिहान भद्रपुर नगरपालिका वडा नं.४ साम्पाङ बस्ने आशबहादुर लिम्बुको ईटा र सिमेन्टले बनेको माथि जस्ताको छानो भएको एकतले घरमा एउटा जंगली हात्ती आई घरको दक्षिणपट्टिको पर्खाल भत्काएको हो ।
त्योसँगै कोठाभित्र रहेको ६ मन धान खाएर नष्ट गर्दा अन्दाजी १७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
Advertisement







