लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन बुधबार झापाको अर्जुनधारा नगरपालिका-८ स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाले सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुख्य नारासहित अर्जुनधारा-७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि निवर्तमान कोशी प्रदेश सभा सदस्य वृख प्रधानले उद्घाटन गरेका थिए ।
सञ्चालक समितिका अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस लेखा समितिका संयोजक कृष्णप्रसाद पौडेल, पूर्व क्याम्पस प्रमुख नारायणप्रसाद पौडेल, संस्थाकी सल्लाहकार मिश्राकुमारी राई लगायतले लैंङ्गिक हिंसाको विषयमा आ-आफ्नो धारणा राखेका थिए ।
सहजकर्ता अधिवक्ता कोपिला बस्नेतले सहजिकरण गरेको कार्यक्रममा ७५ जना बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन कर्मचारी निर्मला राईले गरेकी थिइन् ।







