अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी नौ बालबालिकासहित १० जनाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ ।
तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा खोस्त प्रान्तमा पाकिस्तानी सैनिकले एक स्थानीयको घरमा बमबारी गर्दा १० जनाको मृत्यु भएको उल्लेख गरेका छन् ।
उक्त बमबारीमा अरू चार नागरिक घाइते भएका छन् । घटनाबारे पाकिस्तान सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।
Advertisement







