गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएकामध्ये सात जनाको अझै पहिचान खुल्न सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा ४९ जनाको मृत्यु दर्ता भएकोमा उनीहरूमध्ये सात जनाको पहिचान नखुलेको परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार ती शवहरू पूर्णरूपमा डढेर चिन्न नसक्ने भएका छन् । उनीहरूको पहिचानका लागि डीएनए परीक्षण गर्न पठाएको एसपी भट्टराईले बताए ।
Advertisement
काठमाडौँ प्रहरी परिसरले भदौ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित १ सय ४ वटा जाहेरी दर्ता गरेको जनाएको छ ।







