शीतल निवास क्षेत्रमा सेनाले कडाइ गरेको छ ।
गए रातिदेखि अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पक्षहरूसँग छलफल गरिरहेका छन् ।
जेनजीका प्रतिनिधिहरूले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा सिफारिस गरेपछि सरकार गठनबारे छलफल चलिरहेको छ ।
Advertisement
राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका नेता र प्रतिनिधिहरूसँग पनि छलफल गरिरहेका छन् ।
बुधबार जेनजीको प्रदर्शनका क्रममा राष्ट्रपति भवनमा पनि आगजनी भएको थियो । राष्ट्रपति कार्यालय पूर्ण रूपमा क्षति भएको छैन । अहिले राष्ट्रपतिले शीतलनिवासबाटै छलफल र संवाद अघि बढाएपछि सेनाले त्यहाँको सुरक्षा बढाएको हो ।
मूल गेट र भवन परिसरमा पनि बाक्लो संख्यामा सेनाको उपस्थिती छ। त्यसआपसपास सडकमा पनि सेनाको उपस्थिती छ ।







