झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हिलिहाङ-२ पाँचथर घर भई बिर्तामोड-१० मा बस्दै आएका अन्दाजी २५ वर्षका कमल भण्डारी रहेका छन् । बीएण्डसीमा उपचाररत उनको बुधबार साँझ ६:५ बजे मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको झडपमा यसअघि अर्जुनधाराका २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।
Advertisement







