झापाको बिर्तामोड वडा नंं.७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन क्षेत्रभित्रको स्विमिङ पुलको उद्घाटन गरिएको छ ।
उक्त स्विमिङ पुलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्कीले रिबन काटेर विधिवत रूपमा गरेका थिए ।
वनका अध्यक्ष कृष्णप्रसाद लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नंं.७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, रेनुका उप्रेती, मोहन सुब्बा, नवीन भट्टराई, देवराज कार्की, देवेन्द्र खवास, चन्द्रमणि खरेल, डिल्ली ओली लगायतको उपस्थिति रहेको थियो ।
Advertisement
मङ्गलसिंह सावाले स्वागत गरेको कार्यक्रमको सञ्चालन वनका सचिव इन्दिरा अधिकारी बाँस्कोटाले गरेकी थिइन् ।







