आज दिउँसोभन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका पहाडी र तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई ठाउँहरुमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
Advertisement
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा र बाँकी भू-भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।







