• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस चौतारी झापाको लेखनवृत्ति पत्रकार दाहाललाई प्रदान गरिने


  •    संवाददाता/ बुधबार, साउन २९, २०८२  

  • प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति कान्तिपुर टिभीमा झापाबाट कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ ।

    प्रेस चौतारी नेपाल झापाको मंगलबार बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो ।

    Advertisement

    गत साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनाएको थियो । समितिको सदस्यमा फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य रहेका थिए । सो छनौट समितिले गरेको सिफारिसलाई जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।

    Advertisement

    जिल्लामा पछिल्लो ६ महिनामा प्रकाशित तथा प्रशारित समाचारहरु संकलन गरेर लेखनवृत्तिका लागि छनौट समितिले उत्कृष्ट समाचार लेख्ने पत्रकारको नाम जिल्लालाई सिफारिस गरेको थियो । दर्जनौं उत्कृष्ट समाचारहरुमध्येबाट पत्रकार दाहाललाई छनौट गरिएको छ, अध्यक्ष परियारले भने पत्रकार दाहालले बाह्रदशी गाउँपालिकामा मुस्लिम, मधेशी समुदायका महिलाहरुको न्यायमा पहुँच नपुगेको विषयलाई प्राथमिकता दिएर उठान गर्नुभएको समाचारलाई छनौट गरेका छौं ।

    प्रेस चौतारी झापाले हरेक ६-६ महिनामा उत्कृष्ट समाचारका आधारमा संस्थापक अध्यक्षको नाममा स्थापित लेखनवृत्ति दिने निर्णय थियो । सो निर्णयका आधारमा दाहाललाई लेखनवृत्ति प्रदान गर्न लागिएको चौतारीका झापा सचिव आचार्यले जानकारी दिए ।

    लेखनवृत्ति साउन ३० गते आयोजना गरिने कार्यक्रममा प्रदान गरिने बताइएको छ । सो अवसरमा नारी सञ्चार गृह झापामा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन र तीज मिलन कार्यक्रम सम्पन्न गरिने प्रेस चौतारी झापाले जनाएको छ ।

    यसअघिकै बैठकले लेखनवृत्तिलाई व्यवस्थित गर्न केन्द्रीय सदस्य सावित्रा दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल र पत्रकार महासंघ कोशी उपाध्यक्ष अम्बिका भण्डारीलाई कार्यविधि बनाउन जिम्मेवारी दिएको थियो ।

    उक्त बैठकले बुधबार दमकस्थित सर्वोदय माविमा सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको उपाध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.