• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पुवा खोलामा बेलिब्रिज निर्माण: मेची राजमार्गको भरपर्दो विकल्प खुल्यो


  •    संवाददाता/ शनिबार, साउन १८, २०८२  

  • इलाम सदरमुकामलाई झापाको बिर्तामोडसँग जोड्ने छोटो दुरीको केचना-कञ्चनजङ्गा मेची करिडोर सडकखण्ड अन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।

    पुल निर्माणसँगै मेची राजमार्गको भरपर्दो विकल्प खुलेको छ । जसले इलाम, पाँचथर र ताप्लेजुङसम्मको यात्रालाई सहज बनाएको छ । सङ्घीय सरकारको एक करोड ३५ लाखको लगानीमा यो बेलिब्रिज निर्माण गरेको हो ।

    Advertisement

    सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेका अनुसार इलाम नगरपालिका-९ र ११ लाई जोड्ने यो पुल ४८.६ मिटर लामो छ । पुल नहुँदा विशेषगरी वर्षायाममा यो सडक पूर्ण रूपमा बन्द हुने र यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

    Advertisement

    इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चहानले भने ‘पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो । बेलिब्रिज निर्माणले बाह्रै महिना सवारी आवागमनमा सहज हुने भएको छ ।’

    गत वर्ष पहिरोले मेची राजमार्ग दुई साता बन्द हुँदा वैकल्पिक बाटो नहुँदा यात्रुहरूले ठूलो सास्ती खेपेका थिए । तर अब यो बेलिब्रिज बनेपछि मेची राजमार्गको गोलाखर्क खण्डबाट केचना-कञ्चनजङ्गा सडक प्रयोग गर्दा ४७ किलोमिटरमै बिर्तामोड पुग्न सकिन्छ ।

    जबकि मेची राजमार्गबाट यो दुरी ८३ किलोमिटर छ । यस वैकल्पिक सडकको स्तरोन्नति पनि जारी छ । सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईका अनुसार, इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटरमध्ये १४ किलोमिटरको ठेक्का लागेर निर्माण कार्य भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.