काठमाण्डाै । राष्ट्रिय निकुञ्जमा आउँदाे मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ ।
नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गए पछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उहाँको भनाइ छ । क्याप्चर रिक्याप्चर विधिबाट बाघ गणना गरिन्छ ।
Advertisement







