• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा


  •    संवाददाता/ शनिबार, जेठ ०२, २०८३  

  • २ जेठ, बिर्तामोड — झापाका पत्रकार इन्द्रकुमार राईले प्रधानमन्त्री बालेन शाहको राजिनामा माग गर्दै पैदल यात्रा सुरु गरेका छन्। शुक्रबार जेठ १ गते देखि उनले आफ्नो मोटरसाइकल प्रयोग नगरी अनिश्चितकालीन पैदल यात्रा गर्ने घोषणा गरेका हुन्।

    राईले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धि जनतामाथि अन्याय भएको आरोप लगाएका छन्। उनका अनुसार भारतमा प्रतिलिटर पेट्रोलको मूल्य १०० भारु भए पनि नेपालमा २१६ रुपैयाँ पुगेको छ। “पहिले कांग्रेस, एमाले, माओवादीको सरकार हुँदा सानो मूल्यवृद्धिमा पनि सडक आन्दोलन हुन्थ्यो, अहिले बालेन सरकारले प्रतिलिटर ५० रुपैयाँ बढाउँदा किन मौनता छ?” उनले प्रश्न उठाए।

    उनले डिजेल र खाना पकाउने ग्यासमा पनि मूल्यवृद्धि भएको भन्दै सरकारको नीतिलाई सामन्ती र निरंकुशतावादी भनेका छन्। साथै, निजी सञ्चारगृहलाई दिइँदै आएको सरकारी विज्ञापन कटौती गरी सरकारी मिडियालाई मात्र दिने निर्णय प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको आरोप लगाएका छन्।

    Advertisement

    राईले सुकुम्बासी बस्तीमा डोजर चलाएर घर भत्काउने कार्यलाई “डोजर आतंक” भन्दै आलोचना गरेका छन्। उनका अनुसार वैकल्पिक आवासको व्यवस्था नगरी गरिएका कारबाहीले विस्थापन मात्र नभई आत्महत्यासम्मको घटना निम्त्याएको छ।“देश बनाउने होइन, भत्काउने र जलाउने मात्र काम भएको छ,” उनले भने। संसदमा उपस्थित नभई सिंहदरबारबाट लाइभ हेर्ने प्रधानमन्त्रीको शैलीलाई उनले लोकतान्त्रिक मूल्यविपरीत भनेका छन्।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.