भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किङ्ग्सको टिम मेन्टर बन्ने भएका छन् ।
चेन्नईले ४५ वर्षीय धोनीको नयाँ भूमिकाबारे आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । योसँगै खेलाडीका रूपमा उनको आईपीएल करियर समाप्त भएको छ ।
धोनी सन् २००८ देखि नै चेन्नईको हिस्सा छन् । उनको कप्तानीमा चेन्नईले पाँच पटक आईपीएल र दुई पटक च्याम्पियन्स लिग टी-२० को उपाधि जितेको छ ।
Advertisement
धोनी पछिल्लो पटक सन् २०२५ को संस्करणमा चेन्नईको जर्सीमा देखिएका थिए । उनले चोटका कारण सन् २०२६ मा एउटा पनि खेल खेल्न सकेनन् ।
धोनीले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।







