झापा । बिर्तामोड नगरपालिका वडा नं ५ की वडा सदस्य तथा नेपाल मुक्ति समाजका केन्द्रीय सदस्य हर्कमाया बि कको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
गएराति अचानक बिरामी भई उनलाई बिएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उपचार संभव नभएपछि राति नै उनलाई भारतको सिलिगुडी लगिएको थियो ।मलाया हस्पिटलमा बेहोस अबस्थामा आइसियूमा उनको उपचार भइरहेको वडा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । उच्च रक्तचापका कारण उनी अचानक विरामी परेको आशंका गरिएको छ ।
Advertisement







