झापा । झापाको बिर्तामोड नगरपालिका ८ का जनप्रतिनिधी राहत बितरणमा जुटेका छन् । विश्वव्यापि कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा हुँदा काम गर्न नपाएका स्थानियलाई वार्ड अध्यक्ष आफैलागेर राहत वितरण गरिएको हो ।
आफ्नो व्यक्तिगत रकमबाट राहत वार्डका करिब ४ सय परिवारलाई बिहान बेलुकाको गर्जो टार्न चामल बितरण गरेको वार्ड अध्यक्ष अजय कार्कीले बताए । नगरपालिका र वार्डको पैसाबाट बिकास निर्माणका काम गर्नुपर्छ, कार्कीले भने, राहतका लागि आपूm लगायत साथीभाइ र संघसंस्थाको सहयोगमा खाद्य सामाग्री बितरण गरिएको हो ।
आज वार्ड अध्यक्षसँगै वार्ड सदस्य, स्थानिय र संघसंस्थाका प्रतिनिधीले लगायतको टोलिले प्रदेश गौरव भिलेजका ३५ परिवारसँगै आसपासका क्षेत्रमा गरेर करिव १ सय ५० परिवारलाई राहत बाँडिएको सन्तोस पाण्डेले बताए । यो पैसा हुनेले नहुनेलाई सहयोग गर्ने बेला हो, पाण्डेले भने, हामीले स्वतस्फूर्त रुपमा यी सामाग्रीहरु किनेर वितरण गरेका छौँ ।
दैनिक ज्याला मजदुरी गरेर खाने परिवारका सदस्य यतिबेला कोरोना भाइरसका कारण घरमै बस्त बाध्य छन् । उनिहरुलाई राहतको खाँचो रहेको बुझेर सहयोगका लागि जुटेको कार्कीले बताए । राहत पाएपछि स्थानिय समेत खुसी भएका छन् । यसरी दु:ख परेका बेला सहयोग गर्ने जनप्रतिनिधी घरघरमै खानेकुरा बोकेर आउँदा उत्साहित भएको स्थानिय राजेस चौधरीले बताए ।
कार्यक्रममा छ्याङ्दी हाइड्रोपावर लम्जुङ, मित्तल प्लाई बिर्तामोड, सेन्टजेभियर्स स्कूल बिर्तामोड, पूर्व कर्नेल डी. वि .थापा, पाटन क्याम्पसका प्रमुख पशुपति न्यौपाने, स्थानिय सन्तोस पाण्डे र जन्रतिनिधीहरुले स्वतस्फुर्त रुपमा रकम सहयोग गरेका थिए ।







