• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महिलाहरुको आयआर्जनमा वृद्धि गर्ने गाउँपालिकाले दियो पाठी उपहार


  •    संवाददाता/ आइतबार, जेठ ३०, २०७८  

  • ताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिकाले महिलाहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले उनीहरुलाई बाख्राका पाठी उपहार दिन सुरु गरेको छ ।

    महिला लक्षित आयआर्जन तथा सीप विकास कार्यक्रममार्फत गाउँपालिकाभित्रका लक्षित महिलालाई बाख्राको पाठी उपलब्ध गराएको गाउँपालिकाका पशु शाखा कार्यालय प्रमुख भीमलाल बयलकोटीले जानकारी दिए ।

    Advertisement

    विपन्न तथा लक्षित समुदायको आयआर्जन विकास गर्नका लागि गाउँपालिकाले छनोट गरेको महिलालाई पाठी उपलब्ध गराउने उनले बताए । गाउँपालिको प्रत्येक वडामा दश जना विपन्न महिलालाई पाठी खरिद गर्नका लागि छ हजारका दरले ६० हजार र प्रत्येक वडामा बीउ बोका खरिद गर्न लागि १५ हजार पशु शाखा कार्यालयको कार्यक्रममार्फत पाठी उपलब्ध गएको पशु शाखाले जनाएको छ ।

    Advertisement

    गाउँपालिकामा आठ वडा रहेका छन् । प्रत्येक वडामा दसवटा बाठी र बीउ बोका गरी ८० पाठी र आठ बोका वितरण हुने पशु शाखाले जनाएको छ ।

    महिला तथा बालबालिका शाखा र गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत महिलालाई लक्षित गरेर आवश्यकताअनुसार समूह गठन गरेर विभिन्न आयआर्जनको विकास गर्नका लागि भिन्न कार्यक्रम सञ्चालन गर्दै आएका उपाध्यक्ष रनमाया गुरुङले बताइन् । महिलालाई जीविकोपार्जनसँगै व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले महिला लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिइन् ।

    गाउँपालिकाभित्रका तीन सय ७० घरका महिलालाई पाठी उपहार उपलब्ध गराइसकेको जनाइएको छ । उनले भनिन्, ‘महिलाहरुको सीप विकास र आयआर्जन विकास गर्नका लागि म निर्वाचित भएसँगै लागिपरेको छु ।’ समुदायको माग र आवश्यकताअनुसार पशु शाखा कार्यालयका प्राविधिक कर्मचारीहरुले समूह गठन गर्ने र आवश्यक परामर्श र सहजकर्ताको काम गर्दै आएको गाउँपालिकाका महिला तथा बालबालिका शाखाप्रमुख रामकला कार्कीले बताइन् । विपन्न परिवार तथा लक्षित महिलालाई प्रत्यक्ष जीविकोपार्जन गर्नमा टेवा पुगेको उनले बताइन् ।

    अघिल्लो आवमा तीन सय महिलालाई उन्नत जातको बाख्रा उपलब्ध गराइएको थियो भने चालु आवमा तीन सय ७० महिलालाई पाठी उपलब्ध गराइएको थियो । महिलाहरु आयआर्जन तथा जीविकोपार्जन कार्यक्रममा चालु आवमा गाउँपालिकाले २० लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । आगामी आवको बजेटमा पनि कार्यक्रलाई निन्तरता दिने उपाध्यक्ष गुरुङले बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.