• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पैसा तिर्न नसकेपछि अस्पतालमै रहे राजवंशी


  •    संवाददाता/ आइतबार, जेठ २३, २०७८  

  • जेठ २३, बुद्धशान्ति । अस्पताललाई बुझाउनु पर्ने शुल्क बुझाउन नसक्दा एकजना विरामी एक सातादेखि अस्पतालबाट डिस्चार्ज हुन सकेका छैनन् ।

    बुद्धशान्तिमा बसोबास भई मजदुरी गरी जिविकोपार्जन गर्दै आएका ३५ वर्षिय शखा राजवंशी घरबाट लडेर घाइते भएका थिए । उनलाई बिर्तामोडको मेडिका अस्पतालमा भर्ना गरिएको थियो । निको भएको एकसाता भन्दा बढी भएपनि पैसा अभावले राजवंशी अस्पतालबाट डिस्चार्ज हुन नसकेका हुन् ।

    Advertisement

    मजदुरी गर्दै विहान–बेलुकीको छाक टार्दै आएका उनी आर्थिक अवस्था कमजोर भएकाले अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न सकेका छैनन् । परिवार र आफन्त कोही नभएका राजवंशी साथीभाइसँगै कोठा लिएर बुधबारेमा बस्दै आएका थिए । अस्पतालको करिव १ लाख ६० हजार रकम बुझाउन नसक्दा अस्पतालको बेडमा बस्न उनी बाध्य छन् ।

    Advertisement

    घरबाट लडेर घाइते भएपछि आफूहरुले उठाएर अस्पताल भर्ना गरेको स्थानीय देवी दुलालले बताए । आफूहरुले घरघर र पसलहरुबाट मागेर करिव ५० हजार रुपैंयाँ संकलन गरेको उनले जानकारी दिए ।‘ उनको कोही पनि रहेनछ, मानवता र चिनेको हिसाबले अस्पताल भर्ना गरियो ’ दुलालले भने ,‘ अहिले निको पारिसकेर डिस्चार्ज गर्न गाह्रो भयो ।’ आफूहरुले सक्दो छुट गरेको मेडिका हस्पिटलका संचालक हरिश्चन्द्र बाँस्तोलाले बताए । विरामीले अस्पतालमै मजदुरी गरेर रकम तिर्न खोजेको बताउँदै त्यसो गर्दा अस्पताल व्यवस्थापनलाई समस्या पर्ने बाँस्तोलाले जानकारी दिए । भारत घर भएका राजवंशी एक महिना अगाडि मजदुरी गर्न आएका थिए ।

    ‘ स्थानीय नागरिक भएको भए गाउँपालिकाले सम्पूर्ण जिम्मेवारी लिन सक्थ्यो बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले भने ,‘ अनागरिक भएकाले मानवीय हिसाबले मात्र केही सहयोग गर्न सक्छौं ।’ उनले गाउँपालिकाका तर्फबाट केही आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । बन्धकजस्तै बनाइएका राजवंशीलाई सबैको सरसहयोगमा अस्पतालबाट डिस्चार्ज गर्न सहयोगी दुलालले आग्रह गरेका छन् । उनले राजवंशी समुदायलाई पनि सहयोगका लागि आव्हान गरेको बताएका छन् । सहयोग गर्न चाहने महानुभावलाई आफ्नो ९८४४६६३३४० नम्बरमा सम्पर्क गर्न वा अस्पतालमै गएर सहयोग गर्न उनले जानकारी दिएका छन् ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.