काठमाडौं । पश्चिम नवलपरासीको दाउन्नेमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।
काठमाडौंबाट रुकुम जाँदै गरेको बस दुर्घटनामा परेको हो ।
ना ५ ख २७१३ नम्बरको बस खुर्सानीखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Advertisement
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये दुईजनाको सनाखत भएको छ भने बाँकी दुईजनाको हुन सकेको छैन ।







