• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साढे दुई वर्षपछि साउदीमा दुर्घटनामा परेका बेदबहादुर घर फर्किए


  •    संवाददाता/ शुक्रबार, बैशाख १०, २०७८  

  • बैशाख १०, काठमार्डौं । साढे दुई वर्षदेखि साउदीमा रहेको नेपाली दूतावासको सेल्टरमा रहँदै आएका बेदबहादुर भुजेल हिजो नेपाल फर्किएका छन् ।

    मोरङ हरैँचाका बेदबहादुर बिहीबार दिउँसो नेपाल फर्किएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा एउटा कम्पनीमा काम गर्दागर्दै साढे दुई वर्ष पहिले बेद दुर्घटनामा परेका थिए ।
    उनी दुर्घटनामा परेर तीन महिना अचेत अवस्थामा कोमामा रहे । ‘फ्यामिली केयर हस्पिटल’मा नियमित स्वास्थ्य उपचारपछि उनको स्वास्थ्यमा सुधार आयो । तर उपचार खर्च तिर्न नसक्दा उनीविरुद्ध अस्पतालले मुद्दा हाल्यो ।

    Advertisement

    साउदीमा रहेको नेपाली दूतावासका अनुसार लामो समयसम्म अस्पतालको बसाइ र उपचार गरेर बेदबहादुरको खर्च आठ लाख साउदी रियाल अर्थात् २ करोड ५० लाख बढी नेपाली रुपैयाँ उठेको थियो । तर उनी एउटा कम्पनी छोडेर अर्को कम्पनीमा काम गरिरहेको अवस्थामा दुर्घटना परेका कारण कसैले पनि उपचार खर्च तिर्ने जिम्मा लिएन ।

    Advertisement

    पछिल्लो समय साउदीले आफ्नो कानुनमा सुधार ल्याउँदै कामदारले सजिलै कम्पनी परिवर्तन गर्न पाउने नियम लगाए पनि त्यतिबेला यस्तो अवस्था थिएन । यसरी एक कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्नु त्यतिबेला अवैधानिक मानिन्थ्यो । उपचार खर्चको बिल कसैले तिर्न नमानेपछि अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरि नेपाली दूतावासको जिम्मा लगाएको थियो ।

    साउदीको कानुनअनुसार कुनै पनि विदेशी नागरिकमाथि कुनै मुद्दा लागेको छ भने मुद्दा फर्छ्यौट नभएसम्म साउदी छोडेर जान पाइँदैन । त्यही भएर लामो समयसम्म बेदबहादुर दूतावासकै सेल्टरमा बसे ।

    दूतावासका अनुसार अस्पतालको बिल निकै ठूलो रकम भएको र उनी गैरकानुनी रुपमा रहेका हुँदा त्यतिबेला रकम कसैले पनि तिर्ने अवस्था थिएन । तर बेदबहादुरलाई नेपाल पठाउने म्यानपावर कम्पनी र पहिले काम गर्ने कम्पनीसँग भनेर २५ २५ हजार साउदी रियाल बेहोर्ने गरि दूतावासले बेदबहादुरको तर्फबाट वकिल पनि राखिदिएको थियो । त्यति गर्दा पनि दुई वर्ष सम्म कुनै पनि कानुनी प्रगति भएन ।

    परदेशका आफ्नो नागरिक यसरी उपचार खर्च तिर्न नसकेर एक प्रकारको ‘बन्दी’ जस्तै भएर बसेको अवस्था थियो । दूतावासले बेदबहादुरलाई नेपाल पठाउन साउदीका धेरै सरकारी निकाय धाउने काम पनि गर्यो तर केही सम्भावना देखिएन । केही नलागेपछि अस्पतालसँगै कुरा गरेर बेदबहादुरको मुद्दा फिर्ता लगाउनुको विकल्प नदेखेपछि दूतावासले त्यही कदम अगाडि बढायो ।

    ‘अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटकपटकको भेटवार्ता र पत्राचारमार्फत भुजेल विरुद्धको मुद्दा फिर्ता लिएर नेपाल फर्काउन अनुरोध गर्यौं’, दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘अन्ततः दूतावासको अथक प्रयासको परिणामस्वरुप अस्पतालले गएको दुई हप्ताअघि अदालतमा रहेको भुजेलको मुद्दा फिर्ता लियो । त्यो सँगै बेदबहादुरलाई नेपाल पठाउने बाटो खुल्यो ।’

    त्यति ठूलो रकम मिनाहा गरि बेदबहादुर विरुद्धको मुद्दा फिर्ता लिइ दिएकोमा साउदीमा रहेको नेपाली दूतावासले फ्यामिली केयर हस्पिटलु प्रति आभार व्यक्त गरेको छ ।

    उज्यालो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.