• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेलम्चीको पानी आजदेखि वितरण


  •    संवाददाता/ आइतबार, चैत १५, २०७७  

  • काठमाडौं । आजदेखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ ।

    केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । बाँकी क्षेत्रमा भने पुरानै पानी ट्यांकीमार्फत पानी वितरण हुनेछ ।अहिले पानी ट्यांकीहरु भर्ने काम भइरहेको छ । पुरानो प्रणालीमा ४ करोड लिटर मात्रै पानी थपिने भएकाले सबैजसो क्षत्रेमा समानुपातिक रुपमा नै पानी वितरण हुने राईले बताए ।

    Advertisement

    आइतबारदेखि अनामनगर क्षेत्रका १६ सय धारामा भने नयाँ वितरण लाइनमार्फत पानी वितरण गरिनेछ । सो क्षेत्रमा २४ घण्टा नै पानी दिएर लाइनको अवस्था जाँच गरिनेछ ।

    Advertisement

    सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाउन थालिएको हो । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने तालिका यसअघि नै तय भएको थियो ।

    तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।

    यसो गर्दा पानी प्रशोधन केन्द्रको परीक्षण पनि हुनेछ । अहिलेसम्म सुख्खा मौसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ । आजबाट थप ४ करोड लिटर पानी वितरण लाइनमा आउनेछ ।

    नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । असारमा भने पानीको वितरण बन्द गरेर सुरूङको अवस्था जाँच गर्ने तालिका छ ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी०का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । पहिलो चरणमा काठमाडौंमा १ हजार १०० किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ८(१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ ।

    अहिलेसम्म २०० किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको पीआईडीका निर्देशक कमलकुमार श्रेष्ठले जानकारी दिए ।

    ९ वटा नयाँ पानी ट्यांकी र पाइपलाइनको परीक्षण गर्दै मिटर जोड्ने काम अब तीव्र पारिने उनको भनाइ छ । प्रतिमहिना ५० किलोमिटर पाइपलाइनको परीक्षण सकाउने योजना छ । त्यसका लागि मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीको १० प्रतिशत हिस्सा परीक्षणमा खर्च हुनेछ । परीक्षण गर्दा पाइपमा जमेका फोहोरहरु पनि बाहिर निस्कने गरी ‘फ्लसिङ’ गर्नुपर्छ । नयाँ वितरण लाइनको परीक्षण सकेर पूर्ण रुपमा केयूकेएलले पानी वितरण गरिरहेको पुरानो लाइन विस्थापन गर्न एक वर्षभन्दा बढी समय लाग्ने अनुमान छ ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.