• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, भदौ ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य


  •    संवाददाता/ शनिबार, साउन ३०, २०८३  

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड दिएको छ ।

    शुक्रबार भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिए ।

    Advertisement

    यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उनको भनाइ छ । यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ ।

    Advertisement

    विभिन्न वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान, सीप, अनुभव तथा असल अभ्यासलाई आफ्नै कार्यालयका अन्य कर्मचारीमाझ पुर्‍याउन अनिवार्य गरिएको हो ।

    यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाई तथा अनुभव आदानप्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायिक विद्यालयमा शिक्षामन्त्री, देशभर अवलोकनलाई निरन्तरता दिइने
    प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षकसहित सात जनाविरुद्ध मुद्दा दायर
    पूर्व विद्यार्थीद्वारा बाबुआमाका नाममा अक्षयकोष स्थापना
    ताजा अपडेट
    • सामुदायिक विद्यालयमा शिक्षामन्त्री, देशभर अवलोकनलाई निरन्तरता दिइने
    • प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षकसहित सात जनाविरुद्ध मुद्दा दायर
    • भाइरल ज्वरो र मौसमी रुघाखोकी यसरी चिन्ने?
    • पूर्व विद्यार्थीद्वारा बाबुआमाका नाममा अक्षयकोष स्थापना
    • कपालको लम्बाइभन्दा शिक्षाको गहिराइ
    • बिर्तामोडमा विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधन सम्बन्धी तालिम
    • भ्वाइस किड्सको उपाधि सुवासना खड्कालाई
    • स्मृति दिवसमा शिक्षासेवी गुरुभक्त न्यौपानेको सम्झना
    • सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
    • झापाली समाज ओमानको अध्यक्षमा पुन: शाक्य

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.