• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सामुदायिक विद्यालयमा शिक्षामन्त्री, देशभर अवलोकनलाई निरन्तरता दिइने


  •    संवाददाता/ बुधबार, भदौ ०३, २०८३  

  • शिक्षामन्त्री सस्मित पोखरेल सामुदायिक विद्यालयको अवस्था बुझ्न अवलोकन सुरु गरेका छन्।

    शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको वास्तविक अवस्था बुझ्न भन्दै काठमाडौँका विभिन्न विद्यालयको अवलोकन गरेर अभियान थालेका हुन् ।

    Advertisement

    खेलकुदमन्त्री समेत रहेका पोखरेलले अवलोकन गरेका विद्यालयहरूमा बाल विकास आधारभूत विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, आत्म विकास आधारभूत विद्यालय र बूढानीलकण्ठ उच्च माध्यमिक विद्यालय रहेका छन् ।

    Advertisement

    मन्त्री पोखरेलले काठमाडौँका चार सामुदायिक विद्यालयमा पुगेर विद्यालय प्रशासन, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गरे । उनले विद्यालयको समग्र अवस्था, पठनपाठनको स्थिति, विद्यार्थीका समस्या तथा विद्यालय सुधारका लागि आवश्यक पहलका विषयमा जानकारी लिएका थिए ।

    शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयको वास्तविक अवस्था पहिचान गरी देखिएका समस्या समाधान, आवश्यक सुधार तथा प्रभावकारी समन्वयका लागि विद्यालय अवलोकन अभियानलाई देशभर निरन्तरता दिने जनाएको छ ।

    सामुदायिक विद्यालयको शैक्षिक अवस्था, पठनपाठनको स्थिति, विद्यालय व्यवस्थापन तथा विद्यार्थीका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको अवलोकन गर्ने अभियान सुरु गरेको मन्त्रालयको दाबी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.