• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
मङ्गलबार, असोज २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वडास्तरीय फुटबलमा वडा नं.७ सेमिफाइनलमा प्रवेश


  •    संवाददाता/ शुक्रबार, पुष ०४, २०८२  

  • झापाको बिर्तामोडमा शुक्रबारदेखि सुरु छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं.७ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा नं.७ ले वडा नं.६ लाई २-० गोल अन्तरले पराजित गर्यो । वडा नं.७ का फिरोज राईले टिमका लागि २ गोल गरेका थिए ।

    Advertisement

    खेलको प्लेयर अफ द म्याच वडा नं.७ का फिरोज राई भए । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

    Advertisement

    शनिबारको खेल वडा नं.३ र वडा नं.८ बीच हुने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

    कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले झापामा पहिलो पटक नगरस्तरीय खेलकुद समिति गठन गरेर बजेट विनियोजन गर्ने बिर्तामोड नगरपालिका भएको बताइन् ।

    कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड वडा नं.७ का अध्यक्ष कृष्ण अविरल खरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ लगायतले धारणा राखेका थिए ।

    समितिका सदस्य रमेश उप्रतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विसन लिम्बुले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाका हल र वुडफोर्डलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार
    गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • यस्तो रहने छ आजको मौसम
    • अमेरिकाका हल र वुडफोर्डलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार
    • बिर्तामोडमा सञ्चालनमा आयो क्लव सेभेन फिटनेस हब
    • गरामनीको दुर्गा शक्ति पीठमा पद्म महापुराण ज्ञान महायज्ञ, जगद्गुरुद्वारा उद्घाटन
    • चारआलीमा ‘पाउ पाथिभरा सप्लायर्स’ सञ्चालनमा, सिसिटिभी र कम्प्युटरको सम्पूर्ण सेवा एउटै छानामुनि
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.