नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा शिला ढकालले सहयोग गरेकी छन् ।
बिर्तामोड-१ निवासी ढकालले जन्मदिनको अवसर पारेर कोषमा आज नगद २१ हजार एक सय एक रुपैयाँ सहयोग प्रदान गरेकी हुन् ।
ढकालले नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य लगायत कार्यसमितिलाई रकम हस्तान्तरण गर्दै सञ्चारकर्मीहरूको उपचारमा सहयोग पुगोस् भन्ने सामाजिक उत्तरदायित्वको भावना राखेर रकम प्रदान गरेको बताइन् ।
Advertisement
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष आचार्यले ढकालप्रति आभार प्रकट गर्दै विशेष दिनलाई रचनात्मक कार्यमार्फत अर्थपूर्ण बनाएको भन्दै प्रशंसा गरिन् ।
उक्त कोषमा हालसम्ममा ५३ लाख ५० हजार रुपैयाँ रकम संकलन भइसकेको छ ।







