बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि बिर्तामोडका व्यवसायी गुञ्जन थापाले २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
उनले संघका अध्यक्ष राजु न्यौपाने र राहत कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई आफ्नो जन्मदिनको अवसार पारेर २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
संघले व्यवसायीको हितका लागि राम्रो काम गरेको भन्दै नगद सहयोग गरेको बताइएको छ । थापा विभिन्न सामाजिक तथा व्यवसायीक संघ संस्थामा आवद्ध छन् ।
Advertisement
बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बरावरको राहत कोष स्थापना गर्ने उद्देश्यले गत वर्षबाट रकम संकलन सुरु गरेको छ ।
उक्त कोषमा अहिले व्यवसायी सहित आम नागरिकले जन्मदिनसहित विभिन्न अवसर पारेर कोषमा सहयोग प्रदान गर्दै आएका छन् । कोषमा २० लाख माथि रकम संकलन भइसकेको छ ।







