प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले उपचार कोषलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम प्रदान गरेका छन् । झापाको एक कार्यक्रममा उनले घोषणा गरेको सहयोग रकम बुधबार पठाएको अध्यक्ष परियारले जानकारी दिए ।
पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् । उनका अनुसार कोषमा विभिन्न क्षेत्रमा रहेर सामाजिक काम गर्ने अगुवा, राजनीतिक दलका नेताहरु, संघ संस्था, व्यक्तिहरुले विशेष अवसरहरुमा कोषलाई सहयोग गर्दै आएका छन् ।
कोषमा हालसम्म साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ । कोषमा संकलित सहयोग रकमको व्याजबाट पत्रकारहरुलाई उपचारमा सहयोग गर्ने गरिएको छ ।







