नुवाकोटको विदुरमा त्रिशूली नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।
आज बिहान त्रिवेणीघाटमा घाँसदाउरा गर्न गएका ६७ वर्षिय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीमा एक्कासी बाढी आउँदा फसेका थिए ।
बाढी आएपछि रुख चढेर बसेका उनीहरुलाई केहीबेरअघि हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
Advertisement







