झापामा जङ्गली हात्तीको आक्रमणबाट १७ वर्षमा ७४ जनाको ज्यान गएको छ ।
२०६५ सालदेखि अहिलेसम्ममा ७४ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यो अवधिमा झापामा प्राकृतिक कारणबाट २५ वटा हात्ती मरेका छन् । भारतको पश्चिम बङ्गालबाट बर्सेनि जङ्गली हात्तीहरू झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्छन् । ती हात्तीहरू झापा, मोरङ र सुनसरीका वन क्षेत्रमा रहेर पुन: भारत फर्किने गरेको प्रमुख अधिकृत श्रेष्ठले बताए ।
Advertisement
डिभिजन वन झापाका अनुसार २५ देखि ३० को सङ्ख्यामा रैथाने जङ्गली हात्ती बाह्रै महिना यही क्षेत्रमा रहने गरेका छन् ।







