सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार तीन सय ३३ विदेशी पर्यटक नेपाल आएका हुन् ।
गएको वर्षको यही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए ।
Advertisement
यसपालिको जुन महिनामा ७६ हजार चार सय २५ पर्यटक नेपाल आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् ।







