झापा । मेचीनगर-६, काँकरभिट्टा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आफ्नो शेयर सदस्यलाई राहत सहयोग प्रदान गरेको छ।
एनएमसी सहकारीको बिर्तामोड-१०सैनिकबजार शाखा अन्तरगत शेयर सदस्य तोकबहादुर गुरुङलाई दीर्घरोग उपचार राहत २५हजार रुपैयाँ प्रदान गरिएको हो।
सहकारीको सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु मुखिया,इकाई संयोजक रत्नबहादुर बस्नेत, कार्यालय प्रमुख विशाल ढुंगाना, सदस्य ओमबहादुर गुरुङ, बजारप्रतिनिधिहरु चन्द्रबहादुर राई, निशा लिम्बूलगायतको टोलीले फोक्सोमा ट्युमर भई उपचाररत गुरुङलाई उक्त राहत रकम हस्तान्तरण गरेको थियो।
Advertisement
संस्थाको नियमअनुसार सदस्यको दीर्घरोग उपचार सुविधा अन्तर्गत फोक्सो सम्बन्धी रोगले पीडित गुरुङलाई उपचार खर्च बापत सहयोग गरिएको कार्यालय प्रमुख ढुंगानाले जानकारी दिनुभयो।







