पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-४ डडुवामा बस र इभी माइक्रो एकआपसमा ठक्कर खाँदा सात जनाको मृत्यु भएको छ ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको ईभी गाडीबीच ठक्कर खाँदा सात जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय सडक अवरुद्ध भएको थियो ।
यी हुन मृतकहरू:
१) मकवानपुर हटिया-३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती ।
२) मकवानपुर हेटौंडा-५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी ।
३) हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला ।
४) हाल नामथर वतन नखुलेकी अन्दाजी २४/२५ वर्षीया महिला ।
५) हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीया पुरुष ।
६) नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला ।
७) नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीया पुरुष ।
यी हुन घाइतेहरू:
१) मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने १६ वर्षीय सक्षम थापा ।
२) मकवानपुर हेटौंडा उ.म.न.पा.१२ का वर्षीय ३२ को सिंहबिर घलान ।
३) मकवानपुर हेटौंडा उ.म.न.पा.४ का ३१ वर्षीय विष्णु लम्साल ।
४. मकवानपुर हेटौंडा उ.म.न.पा.८ का ३४ वर्षीया गंगा घलान ।
५) झापा गौरादह नगरपालिका-९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल ।
६) झापा गौरादह नगरपालिका-९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल ।
७) कञ्चनपुर बेलौरी नगरपालिका-४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी ।
८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका-९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली ।
९) अछाम साफेबगर नगरपालिका-१० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत ।
१०) कैलाली लम्कि चुवा नगरपालिका-८ बस्ने ४५ वर्षीय जम बुढा ।
११) कञ्चनपुर पूर्णवास नगरपालिका-६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा ।
१२) झापा गौरदह नगरपालिका-६ बस्ने ७० वर्षीया टिका न्यौपाने ।
१३) कञ्चनपुर पूर्णवास नगरपालिका-६ बस्ने ६९ वर्षीय जमबहादुर थापा ।
१४) कैलाली गोरीगगा नगरपालिका-११ बस्ने ३२ वर्षीया सुरेश बोगटी ।
१५) कैलाली लम्कीचुवा नगरपालिका-१ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा ।
१६) कैलाली लम्कीचुवा नगरपालिका-१ बस्ने ४८ वर्षीय बल सिंह बुढा ।
१७) रौतहट चपुर नगरपालिका-७ बस्ने४५ वर्षीय वुलटन साह ।
१८ ) मकवानपुर बकैया गाउँपालिका-४ बस्ने २६ वर्षीय अनिसा घिमिरे
१९) कालिकोट पलाता गाउँपालिका-४ बस्ने ५३ वर्षीय रत्न बुढा ।
२० ) झापा दमक नगरपालिका-८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल ।
२१) झापा मेचीनगर नगरपालिका-१५ बस्ने २३ वर्षीय प्रवेश सौरेन ।
२२) सप्तरी राजविराज नगरपालिका-५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय ।
२३) कैलाली गोदावरी नागरपालिका-४ बस्ने ३४ वर्षीय महेश चौधरी ।
२४) मोरङ बेलबारी नगरपालिका-७ बस्ने २७ वर्षीय सुमन चौधरी ।







