जंगली हात्तीको आक्रमणबाट भद्रपुरका एकजना घाइते भएका छन् ।
बुधबार साँझ अन्दाजी ७:४५ बजे भद्रपुर वडा नं.१० फुलबारी गाउँ बस्ने २१ वर्षीय विशाल सोरेन काम गरेर घर फर्कने क्रममा जंगली हात्तीले आक्रमण गरेको हो ।
उनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको छ । घाइते सोरेनलाई प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







