झापामा जंगली हात्ती मृत फेला परेको छ ।
आज बिहान अन्दाजी ९:४५ बजे मेचीनगर नगरपालिका-१ कोसेली चोकस्थित लिलाप्रकाश रिजालको मकैबारीमा पोथी हात्ती मृत फेला परेको हो । मृत्युको कारण खुल्न सकेको छैन ।
यसअघि जेठ १९ गते राति कमल गाउँपालिका वडा नं.३ मा रहेको रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा करेन्ट लागेर हात्ती मरेको थियो । त्यसको दुई साताअघि जेठ ७ गते बुद्धशान्ति-५ को पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको थियो ।
Advertisement







