सरकारले हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटना छानबिन गर्न समिति बनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णयमार्फत सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् ।
समितिमा सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) अमितकुमार वर्मा सदस्य रहेका छन् ।
Advertisement
समितिलाई पुल भत्कनुका कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझाव तथा त्यो ठाउँमा तत्काल अस्थायी रूपमा गाडी सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको छ ।







