• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरमा अब सेवाग्राहीले क्यूआरबाट कर तिर्न मिल्ने


  •    संवाददाता/ सोमबार, जेठ २७, २०८२  

  • करदाताले अब मेचीनगर नगरपालिकामा कर तिर्न जाँदा नगद पैसा बोकेर जाने समस्या समाधान भएको छ ।

    मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘डाइनामिक क्यूआर’को आइतबार विधिवत रुपमा उद्घाटन गरेर सुरु गरेका हुन् ।

    Advertisement

    नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले आफ्नो जग्गाको एकीकृत सम्पति कर तिरेर सुरुवात गरेका थिए । मेचीनगरको १५ वटै वडा कार्यालय र नगरपालिकाको कार्यालयमा करदाताले व्यवसायको कर तिर्न आउँदा क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ ।

    Advertisement

    नगरपालिकाको राजश्वको सफ्टवेयर सफटेक् इनफोसीसको माध्यमबाट ‘डाइनामिक क्यूआर’ मार्फत करदाताले कर तिर्न पाउने भएका छन् । ‘डाइनामिक क्यूआर’ कोर्डको सिस्टमको सुरुवातसँगै करदाताका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

    मेचीनगरमा दीर्घकालीन सेवा र परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र नगरपालिकालाई पेपरलेस बनाउन नयाँ सुविधा आगामी साउनदेखि लागू गर्ने योजना रहेको छ । गत चैत तेस्रो हप्तादेखि नै सुरु गर्ने भनिएको ‘डाइनामिक क्यूआर’ प्राविधिक कारणले ढिलो भएको कार्यालयले जनाएको छ ।

    यसअघि नै १५ वटै वडाका वडा सचिव, वडाका राजश्वका कर्मचारी र नगरपालिका कार्यालयका कर्मचारीहरुलाई समेत राजश्व व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम दिइएको थियो ।

    राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले करदाताको आफ्नै डाइनामिक क्यूआर कोड नगरपालिकाले बनाएको बताए । उनका अनुसार उक्त क्यूआरबाट कर तिर्दा अन्य चार्ज लाग्दैन । साउनदेखि करदाताले घरैमा बसेर अनलाइनबाट सेवा लिन सक्नेछन् । आफ्नै क्यूआरबाट कर तिर्न, कति तिर्न बाँकी छ, कति कर तिर्यो, सबै हेर्न मिल्छ ।

    उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकी, राजश्व परामर्श समितिकी संयोजक समेत रहेकी उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, राजश्व शाखाका प्रमुख पराजुली, सूचना प्रविधि अधिकृत अशोक भेटवाल, कार्यपालिका सदस्य चित्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.