झापाको बिर्तामोडमा बेवारिसे शव भेटिएको छ ।
आइतबार साँझ ६:३० बजे बिर्तामोड नगरपालिका वडा नं.२ चैतुवारीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै कच्ची सडकको किनारामा नाम थर वतन नखुलेको तराईवासी मुलको जस्तो देखिने अन्दाजी वर्ष ३५ का पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएर कानुनी प्रकृयालगायतका कार्यहरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
Advertisement







