• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा मनसुन विपद्का लागि सशस्त्र प्रहरीका ३२० सहित ७५५ जना जनशक्ति तैनाथ


  •    संवाददाता/ बुधबार, जेठ २२, २०८२  

  • राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले यस बर्ष औसतभन्दा बढी बर्षा हुने पूर्वानुमान गरेसँगै झापामा मनसुन विपद्का लागि ७५५ जना जनशक्ति तैनाथ राखिएको छ । त्यसबाहेक थप जनशक्ति परिचालन गर्ने गरी सुरक्षा निकाय र रेडक्रसबाट तयारी गरिएको छ ।

    मनसुन विपद्का लागि सशस्त्र प्रहरीको ३२० जना, जनपद प्रहरीको ११० जना, नेपाली सेनाको १६० जना, रेडक्रसको १२५ जना र विपद् व्यवस्थापन गुल्मको ४० जनालाई स्टेन्डबाई राखिएको हो ।

    Advertisement

    चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा झापा जिल्लाको विपद् व्यवस्थापनसँग सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह र विभिन्न संघसंस्थाबीचको छलफलमा ती निकायले आ-आफ्ना तयारी बारे जानकारी दिएका हुन् ।

    Advertisement

    सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा.झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले गणमा ३५ जना र मातहत गुल्म र विओपी तथा सुरक्षा वेशहरुमा उद्धार सामग्रीसहित विपद् प्रतिक्रिया टोली स्टेन्डबाई रहेको जानकारी दिए ।

    उनले सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिपद् ब्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन तथा अभ्यास गराइएको बताउँदै जिल्लाका १३१ वडाहरुमा २५ जना गरी जम्मा ३२७५ जना विपद् सूचक तयार गर्ने लक्ष्यअनुरुप हालसम्म १७१ जना तयार भएको जानकारी दिए । चालू आर्थिक वर्षमा १९३ वटा बिपद् सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरिएको समेत उनले बताए ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश कार्कीले जम्मा जिल्लामा १ हजार १८४ जना प्रहरी कार्यरत रहेकोमा त्यसमध्ये ११० जनालाई मनसुन विपद्का लागि तयारी राखिएको जानकारी दिए ।

    प्रहरीसँग भएका स्रोत साधनलाई तयारी हालतमा राखिएको उनको भनाई छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका हरिशरण खड्का, विपद व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक विन्देश्वर यादवले पनि आफ्ना कार्यालयका तर्फबाट भए गरेका तयारीका बारेमा जानकारी दिएका थिए ।

    त्यसैगरी विभिन्न स्थानीय तह र संघसंस्थाहरुले विपद्को तयारीबारे जानकारी दिएका थिए । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले विपद्का लागि सयभन्दा बढी स्काउटर तयारी अबस्थामा राखिएको जानकारी दिए ।

    बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोडमा बाढी र डुबान आएको खण्डमा पीडितहरुका लागि अतिथि सदनलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न दिएर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

    कार्यक्रममा जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा भएका विपद्का सबै क्लस्टरलाई आ-आफ्नो तयारी गरि विपद् परेको खण्डमा तुरुन्त परिचालन भई धनजनको क्षति न्यूनीकरण गर्न निर्देशन दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.