इलाममा जङ्गली च्याउको तरकारी खाएका तीनै जनाको मृत्यु भएको छ ।
माङसेबुङ गाउँपालिका-५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको मृत्यु भएको हो ।
झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सूचना अधिकारी डा.अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।
Advertisement
मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै ज्यान गएको थियो । लावतीको आज बीएण्डसी अस्पतालमा उपचारको मृत्यु भएको हो ।







