लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार गरिएको छ ।
अलपत्र अवस्थामा रहेका एक महिला र एक पुरूषलाई आज उद्धार गरी नेपाल फर्काइएको नेपाली राजदूतावास बैंककले जनाएको छ ।
त्यस्तै सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान तथा कसैको प्रलोभनमा नपर्न पनि दूतावासले आग्रह गरेको छ ।
Advertisement
पछिल्लो समय धेरै पैसा कमाउने लोभमा नेपालीहरू कम्बोडिया, लाओस्, म्यानमार र थाइल्याण्डजस्ता देशमा रोजगारीका लागि आउने गरेका थिए ।







