नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।
बिहीबार विराटनगरमा आयोजित बढी विद्युत् उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताए ।
विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उनको भनाइ । देशमा विद्युत् अभावको समस्या नरहेको भन्दै अहिले भइरहेको ट्रिपिङको समस्यालाई चाँडै नै समाधान गरिने धारणा राखेका थिए ।
Advertisement







