झापाको कन्काइ नगरपालिकाबाट अनलाइन सट्टाबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा आमा छोरी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कन्काइ-८ लक्ष्मीपुर बस्ने ४१ वर्षीया इन्दिरा प्रसाईं र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाईं रहेका छन् ।
गएराति अन्दाजी २:३० बजे अनलाइन सट्टाबाजी (अनलाइन जुवा) खेलि/खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले छापा मारेको थियो ।
Advertisement
उनीहरुबाट विभिन्न सामान बरामद भएको छ । उनीहरुको साथबाट ५ थान मोबाइल,२ थान ट्याब र एउटा ल्यापटप बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस विषयमा थप अनुसन्धान पश्चात निजलाई सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराई चार दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखि अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।







